Comments Add Comment

त्रिभुवन बहुमुखीमा बिदाइ तथा सांस्कृतिक कार्यक्रम

पाल्पा। स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको आयोजनामा सांस्कृतिक कार्यक्रमसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थ, विशिष्ट अतिथि रुपमा निवर्तमान क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । अतिथिका रुपमा क्याम्पस कार्यसमिति सदस्यहरु, सहायक क्याम्पस प्रमुखहरु क्याम्पस कार्यसमिति सदस्य, विद्यार्थी कल्याण प्रमुख, बि.बि.ए तथा बि.बि.एम निर्देशक, निवर्तमान स्ववियु अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरू,प्राध्यापक संघ अध्यक्ष, कर्मचारी संघ अध्यक्ष, संघसंगठनका प्रतिनिधिहरू ,विद्यार्थी संघसंगठनका प्रतिनिधिहरू ,विद्यार्थी संगठनका नेताहरू, प्राध्यापक र कर्मचारीहरू हुनुहुन्थ्यो । कार्यक्रमको मुख्य आकर्षकको रुपमा लाेकदाेहाेरी प्रतिष्ठान, पाल्पाका अध्यक्ष तथा सर्जक-गायक कमल भट्टराई, वरिष्ठ उपाध्यक्ष तथा गायक रुपेश कार्की, पवन बश्याल र खुमा तरामूकाे समूह नृत्य र ज्याेति पराजुलीद्वारा नृत्य प्रस्तुत गरिएको थियोे । कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष मिलन घर्ती मगरले गरेको कार्यक्रमको संचालन स्ववियु सचिव सुशील बश्याल र स्वागत मन्तव्य स्ववियु उपाध्यक्ष सन्तोष सुनारले गर्नुभएको थियो । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका अन्तिम वर्ष अन्तिम सेमेस्टरका विद्यार्थीलाई सम्मान समेत गरिएको स्ववियुले जनाएको छ । शैक्षिक उन्नयन, सफलताको शुभकामनासहित कार्यक्रम सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ