काठमाडौं। गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ। वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औं दिनमा पुगेको छ।
उनीहरू जावलाखेलस्थित ललितमण्डपमा अनशन बसेका छन्। अनशनमा बसेकाहरुले झूटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन्। चैत १५ को राजावादीको प्रदर्शनपछि पक्राउ परेका मिश्र अहिलेसम्म हिरासतमै छन्।
