काठमाण्डौं। बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन यही जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम आह्वान गरेका हुन्। सोह्रौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। प्रदेश सरकारले आगामी आवका लागि बजेट निर्माणको तयारी गरिरहेको छ।
