Comments Add Comment

तीनकुने घटनापछि फरार शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाण्डौं। राजावादी तथा हिन्दुवादी संस्था शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो।

बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो। पक्राउका लागि प्रहरीले अदालतबाट अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए। त्यसरी अनुमति लिएकामध्य अझै केही फरार छन्।

उनीहरु पनि खोजीको सूचीमा रहेका एसपी बोहराले बताए। तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए। यस्तै सरकारी तथा निजी सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको थियो। घटनामा संलग्नहरुलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

अहिले ५३ जना हिरासतमा भएपनि हाजिरी जमानीमा रिहा भएकालाई पनि मुद्दा चलाउने प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ