काठमाण्डौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा गणेश थापालाई निषेध गरिएको छ।
काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा चलिरहेको एन्फाको नियमित साधारण सभामा सहभागी हुन कार्यक्रम स्थल पुगे पनि उनलाई नेपाल प्रहरी र एन्फाकै सुरक्षा गार्डले कार्यक्रम स्थलमा प्रवेश गर्न रोक लगाएका हुन्।
भित्र प्रवेश गर्न नपाएपछि थापा र उनी समर्थित एन्फाका पदाधिकारीसमेत प्लेकार्डसहित गेट बाहिरै उभिएका छन्। एन्फाका प्रवक्ता सुरेश शाहले थापाले साधारण सभामा उपस्थित हुनका लागि केही प्रक्रिया पूरा गर्न बाँकी रहेको प्रतिक्रिया दिए।
