Comments Add Comment

काठमाण्डौ प्रहरी परिसरको प्रवक्तामा प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्द

काठमाडौं । प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्दलाई दिइएको छ । परिसर प्रमुख एसएसपी वसन्त रजौरेद्वारा बुधबार जारी सूचनामा चन्दलाई प्रवक्ताको जिम्मेवारी तोकिएको बताईएको छ ।

परिसरका प्रवक्ता नवराज अधिकारी एसएसपीमा बढुवा भए पछि खाली रहेको प्रवक्ताको जिम्मेवारी चन्दलाई  तोकिएको हो । बुधबार मात्रै नवराज अधिकारीले एसएसपीको दर्ज्यानी चिन्ह लगाएका छन् । 

प्रहरी वृत्त स्वयम्भूबाट केही समयअघि मात्र परिसरमा सरुवा भएकी डिएसपी चन्द पटक पटक 'पुलिस अफ द मन्थ'बाट सम्मान पाएकी 'पुलिस अफिसर' हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ