काठमाण्डौ। काठमाण्डौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बजेटमाथिको छलफल अगाडि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।
‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्न दियौँ,’ प्रवक्ता सापकोटाले भने, ‘अब बजेटमाथिको छलफल अगाडि बढाउन पहिले गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’
सापकोटाले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्का कुनै पनि गतिविधि अगाडि बढाउन नदिने निर्णयलाई खुमलटार बैठकले निरन्तरता दिएको जानकारी दिए ।
उनले रोकिएको मध्य पहाडी लोकमार्ग अभियानलाई जेठ २१ गतेदेखि लमजुङको बेशीसहरबाट निरन्तरता दिइने पनि जानकारी दिए ।
