काठमाण्डौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राज्यमन्त्री गर्बुजाले शपथ लिएका हुन् ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
