Comments Add Comment

कवि तोया भट्ट भ्रष्टाचारविरुद्धको कवितामा एक लाखसहित पुरस्कृत

काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका प्रथम कवि तोया भट्टलाई शनिबार पुरस्कृत गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नगद, प्रमाणपत्रसहित भट्टलाई पुरस्कृत गरिएको हो । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक लाख राशिसहित सम्मानपत्र रहेको छ । प्रतियोगिताका लागि प्राप्त कवितामध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको थियो । साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समितिले भट्टको कविता सर्वोत्कृष्ट ठहर्‍र्याएको थियो । यसाघि बैशाख १३ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने भने पनि ठीक एकहप्ता पछि बैशाख २० गते शनिबार पुरस्कार तथा सम्मान अर्पण सम्पन्न भएको हो । शनिबारै १ लाख राशिको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगितामा "जनतालाई रुवायो" गीतका सर्जक गोपालप्रसाद थपलिया र सो गीतका गायक एवं सङ्गीतकार शिशिर योगी पुरस्कृत गर्नुका साथै २ लाख राशिको टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार मातृका दाहाल र दीपा दाहाललाई पनि पुरस्कार प्रदान गरियो । पत्रकार मातृका दहाल कान्तिपुर दैनिकमा कार्यरत छन् भने दीपा दहाल उकालो डटकममा कार्यरत छिन् । दुबैलाई जनही एक लाख नगदसहित पुरस्कृत गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ