काठमाण्डौं । पश्चिमी क्षेत्र भनिने दक्षिण अमेरिका र अन्टार्कटिकाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। दुई देश छुट्याउने मुहान ड्रेक मार्गमा ७।४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको हो शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे ९यूएसजीएस० का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो। चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७।५ म्याग्निच्यूडभन्दा केही तल ७।४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ।
