काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया ९अल्पताप० को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर मेसिनहरू प्रदान गरेको छ। बैंकलेसुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा मेसिन जडान गरेको हो ।
दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा बेबी वार्मर प्रदान गरेको हो।
ज्योति विकास बैंकले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरेको छ। साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका वडा नं। ०२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका वडा नं ०५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ। यसका अतिरिक्त, बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ०२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी
वार्मर जडान गरेको छ।
बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन्। विभिन्न कार्यक्रमहरु मार्फत बैंकका मार्केटिंङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख श्री कुशल जंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरिएको हो । सो अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।
