काठमाण्डौ । राप्ती साहित्य परिषद्ले २०८१ सालको राप्ती साहित्य पुरस्कार दाङका प्राध्यापक डा। बाबुराम आचार्यलाई प्रदान गरेको छ । २०८० सालमा प्रकाशित १८ थुङगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार प्रदान गरिएको छ। यस्तै नन्दहरि साहित्य पुरस्कार दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कार दाङका शशिधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी देवीचन्द्र साहित्य पुरस्कार बाँकेका डा। हरिप्रसाद तिमिल्सिनालाई, अपामुकुन्द प्रज्ञा पुरस्कार प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरिराज खनाललाई प्रदान गरिएको छ । दाङका अभि क्षेत्री समर्पणलाई पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार, बुटबलका प्रा। डा। कपिल लामिछानेलाई तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार, दाङका कपिलकिशोर घिमिरेलाई चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार, प्युठानका सुमन सुवेदीलाई नित्यानन्द प्रज्ञा पुरस्कार, दाङ देउखुरीका यादवनाथ योगीलाई चन्द्रमधु गीत संगीत पुरस्कार, रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार र रोल्पाका अमर अधिकारीलाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई श्रीबहादुर दीलमाया साहित्य पुरस्कार, बाँकेका महानन्द ढकाललाई टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार, सल्यानका हिरालाल केसीलाई जीवनचक्र साहित्य पुरस्कार दिइएको छ भने पं। कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान सल्यानकी बिनु बुढाथोकीलाई दिइएको छ । यसैगरी पश्चिम रुकुमका खेमराज खड्कालाई ऋषि लक्ष्मी साहित्य पुरस्कार, दाङकी दीपा बुढालाई गोमादेवी स्मृति कला पुरस्कार र विष्णुनुमा साहित्य पुरस्कार दाङका मनिषा गिरी ‘ऋतु’लाई दिइएको छ । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, साहित्यकार मधुसूदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको छ । राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष एवं छनोट समिति सदस्य कमलमणि देवकोटाले पुरस्कृत स्रष्टाहरुको प्रतिभा परिचय दिनुभएको थियो । परिषद्को पुरस्कार प्रतिभा छनोट समितिका संयोजकमा पुरुषोत्तम खनाल हुनुहुन्थ्यो ।
