Comments Add Comment

१५ अरब स्वाहा पारेपछि त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा सञ्चालन !

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द गरिएको थियो । यो समय विमानस्थलको भौतिक संरचना निर्माणका काम गर्ने गरिएको थियो।

चैत्र १९ देखि विमानस्थल बिहान ६ बजे देखि राति १२ बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण कार्य सम्पन्न भएको छ।

नेपाल नागरिक उड्‍डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’को विस्तारका कामहरू गरेको हो।

भौतिक पूर्वधारका काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । रातको समयमा गर्नुपर्ने भौतिक संरचनाका कामहरू लगभग सकिए पनि आयोजनाको सम्पूर्ण काम पूरा गर्न अझै डेढ वर्ष लाग्ने बताईएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ