Comments Add Comment

प्रथम जासुसी उपन्यासकार दीर्घबाहुको निधन

काठमाडौं । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ बर्षको उमेरमा निधन भएको छ । खनाल दीर्घबाहु नामबाट विख्यात खनाल नेपालका प्रथम जासुसी उपन्यासकार हुन् ।

दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यास लेखक हुन्। नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य खनाल दुई पटक त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य समेत थिए।

२०२२ सालमा खनालको पहिलो पटक ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो। त्यसपछि उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्गिएकी सुन्दरी’लगायत जासुसी उपन्यास प्रकाशित भए जुन निकै लोकप्रिय समेत छन् ।

त्यसबाहेक खनालका ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ