Comments Add Comment

नेपालमा वायु प्रदूषणको मात्रा अत्याधिक !

ललितपुर । नेपाल इन्जिनियर्स एसोसिएसनमा जलवायु परिवर्तनको जल तथा वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। केहि हप्ता देखि काठमाडौं सहित देशका अन्य भागहरूमा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च भएको बेला यस्तो कार्यक्रम भएको हो । 

विश्व स्वास्थ संगठनले वायु प्रदूषणको अधिकतम सुरक्षित सरदर दैनिक मापन १५ तोके पनि नेपाल सरकारले ५० सम्म लाई सुरक्षित भनेको छ। तर केही हप्तादेखि वायु प्रदूषणको मापन १०० देखि ४०० सम्म नाघेको छ जुन स्वास्थको लागि अत्यन्त असुरक्षित हो। 

चैत २८ देखि नेपालका विभिन्न भागमा परेको पानीले वायु प्रदूषण केही घटे पनि अझै उक्त मापन १०० को हाराहारीमा छ। 

अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता इसिमोडका वरिष्ठ सल्लाहकार डा। अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन र वायु प्रदूषणको प्रत्यक्ष सम्बन्ध हुने कुरा बताए। लामो समय सम्म वर्षात नहुँदा हावाको सुख्खा पन बढ्न गई जंगलमा आगो लाग्ने र त्यस डढेलोबाट निसक्ने धुवाँले वायु प्रदूषण हुन्छ । त्यसै गरी गाडी तथा उद्योगबाट निसक्ने कार्वन तथा कृषिजन्य सामग्रीहरू खेतमा बाल्दा निस्किने कार्बनडाइअक्साइडले वायु प्रदूषण हुने र सो प्रदुषणबाट जलवायु परिवर्तन हुने भएकोले जलवायु परिवर्तन र वायु प्रदूषण एक अर्काको पूरक हुने कुरा डा। अरुण भक्त श्रेष्ठले जनाए ।

 जल तथा मौसमविद् समाज नेपालका अध्यक्ष इन्जिनियर प्रा।डा। हरिकृष्ण श्रेष्ठले निर्माण क्षेत्रबाट निसक्ने गाडीका टायरमा अड्किएर बाटोमा छरिने माटो, खनेको पिच बाटो तत्काल मर्मत नहुँदा र कालो धुँवाको मुस्लो निकाल्ने वाहनहरूले पनि नेपालमा वायु प्रदूषण बढेको जनाए । नेपालमा वायु प्रदूषणको निरन्तर अनुगमन भइरहेको तथा एनआरइएन जस्ता संस्थाहरूले गरेको अनुगमनबाट समेत नेपालमा वायु प्रदूषणको मात्रा अत्यधिक रहेको जानकारी प्रा।डा। हरिकृष्ण श्रेष्ठले दिए । डा। चन्द्रबहादुर श्रेष्ठले वायु प्रदूषण घटाउन यातायात सञ्चालनमा नीतिगत सुधारहरू गर्नु पर्ने कुरामा जोड दिए । खानेपानी मन्त्रालयका सह सचिव श्री हरि प्रसाद शर्माले जलवायु परिवर्तनले हुने नकारात्मक प्रभाव न्यूनीकरण तथा वायु प्रदूषण घटाउन सरकारले गरेका व्यवस्थाहरू तथा यस सम्बन्धमा हालसम्म भएका प्रगतिहरूबारे प्रकाश पारे ।

अन्तरक्रिया कार्यक्रमको संयोजन डा। शान्तिकला सुवेदीले गरेका थिए । कार्यक्रमको अध्यक्षता एनइएका उपाध्यक्ष इन्जिनियर प्रकाश केसीले गरेका थिए। एनइए सदस्य इन्जिनियर एमेन्द्र गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ