Comments Add Comment

नायक दिलिप रायमाझी ‘हेल्लो काँशीराम’ को प्रमोशनमा

काठमाडौं । नायक दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी  बैशाख पहिलो हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा।लीले बताएको छ ।

पारिवारिक कामका लागि अमेरिका पुगेका दीलिप गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । दिलिप नेपाल फर्किनासाथ मिडियामा अन्र्तवार्ता, भेटघाट र दर्शक
भेटघाटमा व्यस्त हुने निर्माण कम्पनीले बताएको छ । 
  ‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शन हुने समेत निर्माणपक्षले जनाएको छ ।

‘हेल्लो काँशीराम’ केहि दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस चलचित्रलाई केन्द्रीय जाँच पास समिति ९सेन्सर बोर्ड० बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ । अब हरेक वर्गका दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन् । त्यस्तै केहि समय अघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ । निर्माता, निर्देश्क तथा अन्य कलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ