Comments Add Comment

गैरआवासीय नेपाली संघ विभाजित, महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ । काठमाडौंको हायात होटलमा सम्पन्न एक भेलाले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि संघ विभाजित भएको हो । वर्तमान कार्यसमिति र विश्वभरका राष्ट्रिय समितिहरूको असहमतिका बीच एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको बताईएको छ । यसअघि सम्पन्न एनआरएनएको १०औँ महाधिवेशनले डा. बद्री केसीको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको थियो । उक्त महाधिवेशनमा आरके शर्मा दोस्रो र महेश श्रेष्ठ तेस्रो भएका थिए । अहिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति बनाइएसँगै एनआरएनएमा दुईवटा कार्यसमिति गठन भएका छन् । अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षहरु सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोज कुमार श्रेष्ठ (गोर्खाली), विश्वासदीप लिम्बू (तिगेला) र उपाध्यक्ष (महिला) जुनु गुरुङ चयन भएका छन्। त्यस्तै महासचिव बाबुराम (बीआर) लामा, खुला सचिवमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला संयोजक रश्मी थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद, क्षेत्रीय उप संयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उप संयोजक माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उप संयोजक सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उप संयोजक रामप्रसाद कँडेल र प्रताप राना रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ