Comments Add Comment

षडानन्द नगरपालिकालाई प्रकाश थापा स्मृति कपको उपाधि

धनकुटा । पाँचौं सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले प्राप्त गरेको छ ।सहिदभूमि गाउँपालिका–१ घँगरुमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा षडानन्दले बेलबारी नगरपालिकालाई पराजित गर्दै उपाधि चुमेको हो । 

बेलबारीलाई २५–१८, २५–२१, २२–२५ र २५–२१ सेटमा षडानन्दले सहज जीत हात पारेको हो । विजेता षडानन्दले १ लाख २१ हजार र उपविजेता बेलबारीले ६५ हजार नगदसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पुरस्कार प्रदान गरे ।

२०५७ सालमा नेपाल प्रहरीका सहायक निरीक्षक प्रकाश थापाको कालिकोटमा हत्या गरिएको थियो । उनकै स्मृतिमा  प्रतियोगिता सञ्चालन हुँदै आएको हो । पाँचौं प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ६ पालिका सहभागी थिए ।

सहिद प्रकाश थापा स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजक संस्थाका सचिव अर्जुन थापाले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ