Comments Add Comment

नेपालसँग लज्जास्पद हार्‍यो इन्डोनेशिया

काठमाण्डौं । एसीसी यू १६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ