Comments Add Comment

फिल्ममा आफ्नो नम्बर प्रयोग गरेको भन्दै अनमोल केसीविरुद्ध मुद्दा

काठमाण्डौं। अभिनेता अनमोल केसी र उनी अभिनीत फिल्म ुफर्की फर्कीु को टिमविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।  फिल्ममा आफ्नो नम्बर प्रयोग गरेको भन्दै नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दायर गरेको सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

मोबाइल नम्बर अनुमतिबिना प्रयोग गर्दा आफूलाई मानसिक असर परेको श्रेष्ठको भनाइ छ। 'फर्की फर्की'मा अभिनेताले अभिनेत्रीलाई मोबाइल नम्बर दिएको एक दृश्यमा श्रेष्ठको मोबाइल नम्बर प्रयोग गरिएको जनाइएको छ। त्यसले आफूलाई लगातार फोन आएर हैरान भएको उनले दायर गरेको मुद्दामा उल्लेख छ।

मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कारबाही र क्षतिपूर्ति समेत माग गरिएको छ। रोहित अधिकारीको निर्माता तथा सुयोग गुरूङको निर्देशन रहेको फिल्म 'फर्की फर्की'हलमा गतवर्ष रिलिज भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ