Comments Add Comment

गभर्नर नियुक्तिमा सहमति खोज्न मन्त्रीहरूसहित छलफलमा ओली-देउवा

काठमाडौं। सत्ता सहकार्यका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबिच छलफल भएको छ।

बिहीबार समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरुबिच छलफल भएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहित गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत सहभागी थिए ।

स्रोतका अनुसार गभर्नर नियुक्तिका सवालमा छलफल केन्द्रित थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ