Comments Add Comment

६० किलो सुन तस्करीका आरोपित रोका पक्राउ

काठमाण्डौं।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करीका आरोपित अमला रोकालाई पक्राउ गरेको छ। 

शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युटन नोटिस जारी भएको थियो।

उनी तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् । लामाले नेपाली नक्कली नागरिकता लिएको खुलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ