Comments Add Comment

प्रभु बैंक गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिममा वित्तिय र्‍याली

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशद्वारा बागलुङ्गको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसरमा एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गर्यो। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्‍यालीमा सहभागीले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखा प्रमुख ज्ञानबहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पार्नुभयो। उहाँले बालबालिका, बृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। र्यालीको मुख्य उद्देश्य युवापुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ। बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ