Comments Add Comment

एमाले अखिलको नेतृत्व चुन्न चुनाव आज, सुजन र प्रकाशबीच प्रतिष्पर्धा

काठमाण्डौं। अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। 

नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो। निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। 

निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो। अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए। अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ