Comments Add Comment

आज अन्तर्राष्ट्रिय खेल दिवस, विश्वभर विभिन्न कार्यक्रम !

काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ।

 अन्तर्राष्ट्रिय खेल दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्धन, संरक्षण र प्राथमिकता दिन सरोकारवालालाई आह्वान गरिदै आइएको छ। 

खेल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा हो । खेलले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्छ। अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। 

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ। शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रमाणित गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ