Comments Add Comment

मच्छेगाउँदेखि चम्पादेवीसम्म ग्लोबल आइएमईको हाइकिङ, १५० केजी फोहोर संकलन

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ सम्पन्न गरेको छ। प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले हाइकिङको आयोजना गरिएको हो । 

कीर्तिपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाको सहकार्यमा आयोजित कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको बताइएको छ। 

साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका ९डस्टबिन० समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। 

फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरूको सहभागिता थियो। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ