काठमाडौँ । महेन्द्ररत्न क्याम्पस ताहाचलमा शिक्षण अभ्यास अभिमुखिकरण सम्पन्न भएको छ ।
क्याम्पसका झण्डै ५०० विद्यार्थीलाई शिक्षण अभ्यास अभिमुखिकरण सञ्चालन गरिएको हो । यही जेठ १९ गते सोमबारका दिन क्याम्पसका विहानी सत्र र दिवा सत्रका गरि झण्डै ५ सय विद्यार्थीलाई शिक्षण अभ्यास अभिमुखीकरण गरि काठमाडौंकै विद्यार्थीको पायक स्थानका विद्यालयमा पठाईएको हो ।
शिक्षा विषय अन्य संकाय भन्दा शिक्षण क्षेत्रमा विशेष रुपमा लिइन्छ । जुन तह अध्ययन गरेपनि शिक्षणका लागि एवम् शिक्षण गर्न एवम् सक्षम शिक्षक बन्न एक वर्ष विएड मात्रै भए पनि अध्ययन गरेपछि मात्रै शिक्षक लाइसेन्समा भागलिन पाइने शिक्षा सेवाले व्यवस्था गरेको छ ।
अभिमुखिकरणमा विद्यार्थीलाई क्याम्पस प्रमुख गेहेन्द्र दाहालले क्याम्पसको कक्षाकोठामा विद्यार्थी भएपनि अब तपाईंहरू साँच्चै शिक्षकको भूकिामामा छु भन्ने सम्झिएर विद्यार्थीसित सिक्न र सिकाउन आवश्यक भएको स्मरण गराउनु भयो । शिक्षक सेवा आयोगमार्फत समाजमा असल शिक्षकको नमुना हुनुपर्ने भएकाले कक्षा कोठामा सिकेको, अध्ययन गरेको वा जानेको सिपलाई व्यवहारमा उतारेर निखार ल्याउँन विद्यालयको कक्षाकोठामा पठाउँन लागेकाले अनुशासित भएर अध्यापन गर्न आग्रह गर्नुभयो । तोकिएको विद्यालयमा गएर अनिवार्य शिक्षण अभ्यास गर्न र यो पनि एक सय नम्बरको परिक्षा भएकाले परिक्षामा हेलचेक्र्याई नगर्न निर्देशन दिनुभयो । विद्यार्थीलाई शिक्षणमा अब्बल हुन अनुशासन, लगनशिलता साथ अध्ययन गर्न एवम् शिक्षणमा खरो उत्रन उहाँको आग्रह थियो ।
कक्षामा सिकाइएका शिक्षण अभ्यासका जे जति तह छन् ती सबैको मुल्याकन हुने भएकाले कक्षा कोठामा विना पाठयोजना प्रवेश नगर्न र पाठयोजना अनिवार्य तयार गरी शिक्षण गर्न पनि सुझाव दिनुभयो ।
शिक्षण अभ्यास विभागका प्रमुख डा. दुर्गा दाहालले हिजोसम्म विद्यार्थि भए पनि अबदेखि शिक्षकको भूमिकामा हुनुपर्ने भएकाले आफूलाई त्यसरी नै तयार गर्न अनुरोध गर्नुभयो म
शिक्षण अभ्यास पाठ्यक्रम निर्माता चन्द्रबहादुर श्रेष्ठले महेन्द्ररत्नको शिक्षण अध्यासको पाठ्यक्रम अलि जटिल भएपनि वास्तविक शिक्षक हुन मेहिनत गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
दाहालले शिक्षण अभ्यासमा अनुशासित तरिकाले अध्यापन गरी सफल हुन विद्यार्थीलाई सफताको शुभकाना दिनुभएको थियो ।
त्यस्तै महेन्द्ररत्न क्याम्पसका स्ववियु अध्यक्ष इश्व थापाले महेन्द्ररत्नका विद्यार्थीले जहाँ गयो त्यहाँ महेन्द्ररत्न क्याम्पसको गरिमा बढाउने गरी शिक्षण गर्न र महेन्द्ररत्न क्याम्पसको साख जोगाउँन स्मरण गराउनु भयो।
संयुक्त रुपमा गरिएको अभिमुखिकरण पछि विभाजन गरी विषयगत शिक्षकले विषयगत विद्यार्थिलाई थप अभिमुखिकरण दिएर पठाउँन थप सहजीकरण गरेको नेपालीको सहजीकरण गरिरहेका हृरम्भराज बास्तोलाले जनाए ।
उनले भने शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थी इमन्दार हुनुपर्ने र समाजले उसबाट धेरै अपेक्षा गरेकाले इमान्दार भएर प्रस्तुत हुन आवश्यकता औंल्याउनुभएको थियो । त्यसैमा अझ नेपाली भाषाजस्तो संवेदनशील भाषामा वर्णविन्यास देखि शुद्धाशुद्धिको समेत ख्याल गर्नुपर्ने भएकाले अन्यभन्दा नेपालीको हेडसर, हेडमिस बन्न अझ बढी सचेत हुनुपर्ने प्रष्ट गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण पारशमणि घिमिरेले गर्नुभएको थियो । शिक्षणा अभ्यास बिएड चौथो वर्षको परीक्षा दिएपछि गर्नुपर्ने व्यवस्था छ ।
