काठमाडौँ । नेपाल बुद्धिजिवि परिषदको ११औँ राष्टिय सम्मेलनले गजेन्द्र थपलियाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । अन्य पद सर्वसम्म्त भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव निर्वाचन मार्फत चयन गरिएको हो ।
यसैबीच सधैँ उपेक्षामा पर्ने कर्णालीबाट उपाध्यक्षमा कर्णालीका गोविन्द शाही निर्वाचित भएका छन् ।
नव गठित कार्यसमितिमा अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया निर्वाचित भएका छन् भने उपाध्यक्षमा गोविन्द शाही (हुम्ला) राधा अधिकारी(महिला), महासचिव डा. दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशिल बिके, सचिवमा इश्वरी कडरिया, डा. लाक्पा शेर्पा, डा. टीका ढकाल एवम् कृष्णकुमार लम्साल रहेका छन् ।
कर्णालीबाट सर्वसम्मत हुने केन्दीय सदस्यमा डा. दीपक गौतम (सुर्खेत), ऋषि अधिकारी (दैलेख), डिल्लिबहादुर सिंह (कालिकोट), नेत्रलाल हमाल (हुम्ला), फूलमती खराल (सुर्खेत) र ललिता महत (जुम्ला) छन् भने कोकिला सिंह, विष्णु रावल र लालप्रसाद पोखरेल कर्णालीबाटै परिषदको कार्यसमितिमा छन् । प्राकृतिक तथा वित्तिय आयोगमा भूमिका पोखरेल छन् भने ९९ सदस्यीय समितिमा कर्णालीबाट एक पदाधिकारी सहित ११ जनाको प्रतिनिधित्व भएको छ ।
९९ सदस्यीय परिषदको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्क्ष र सचिव बाहेक अन्य पदाधिकारी एवम् केन्दीय सदस्य निर्विरोध भएका थिए । ९९ सदस्यीय समितिको अध्यक्षमा निर्वाचित थपलियाले १५४ प्राप्त गरी बिजयी भएका हुन् भने डा. दिपेन्द्र भण्डारीले १०४ मत मात्र पाएका थिए ।
यहि १७,१८ गते जेठ दुई दिन काठमाण्डौमा भएको सम्मेलनले परिषदको नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष निर्वाचित इन्जिनियर थपलिया यस अघि नेकपा एमालेको तर्फबाट धादिङ १ बाट प्रदेश सभा उमेद्वार थिए । थपलिया माओवादी केन्द्रका उमेद्वार एवम् मजदूर नेता शालिकराम जमकट्टेलसित पराजित भएका हुन् ।
थपलिया नेतृत्वमा नयाँ कार्यसमिति बनेपछी पूर्व वरिष्ठ उपाध्यक्ष विधान आचार्य आउट भएका छन् । उनी पनि अध्यक्षका आकांक्षी थिए भने अध्यक्षकै आकांक्षी भएपनि डा टीका ढकालले सचिवमा चित्त बुझाउनु परेको छ ।
परिषद सदस्यले खुल्ला रुपमा कसलाई छ्नौट गर्ने भन्ने भन्दा नेतृत्वको आशिर्वादले नेतृत्वमा आउने कुरा राम्रो नभएको गुनासो परिषदभित्र चल्न थालेको छ ।
