Comments Add Comment

राजदरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्ज्वलन 

काठमाण्डौं।। नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले सोमबार दीप प्रज्ज्वलन गर्दैछन्। हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन्। 

कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनगर्ने तयारी गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको हो।

हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन्। उनकी बुहारी तथा तत्काली युुवराज्ञी हिमानी शाह उपाध्यक्ष छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ