Comments Add Comment

पीएसजीको हातमा युइएफए च्याम्पियन्स लिगको उपाधि

काठमाण्डौँ। पहिलो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन(पीएसजी)ले उचालेको छ।  शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि हत्याएको हो।

पीएसजीको जितमा डिजेर डुवेले दुई तथा अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक÷एक गोल गरे।  पीएसजीले खेलको १२ औँ मिनेटमा हाकीमीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको २० औँ मिनेटमा डुबेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्‍यो। 

पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा डुबेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए।  खेलको ७३ औँ मिनेटमा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीको अग्रता फराकिलो पारे। खेलको ८६ औँ मिनेटमा मायुलुको गोलमा पीएसजीले ५–० को अग्रता बनाउँदै च्याम्पियन बन्यो।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ