Comments Add Comment

पूर्वमन्त्री मोहमद अफताभ आलमलाई मस्तिष्कघात

काठमाण्डौं। बुधबारमात्रै जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।

आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०स्३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जनाएको छ।

उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए।  

उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ