Comments Add Comment

स्वास्थ्यमा ९५ अर्ब बजेट विनियोजन, जलनको उपचार प्रदेश प्रदेशमा

काठमाण्डौं। सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यो मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ