Comments Add Comment

चालु आर्थिक वर्ष ८९.४ प्रतिशत बजेट बजेट खर्च हुने अनुमान 

काठमाण्डौँं। चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९।४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।

यस वर्ष सरकाराले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।

चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७।१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ