Comments Add Comment

कांग्रेस नेता एवम् पूर्वमन्त्री खड्काको निधन

काठमाण्डौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ । कांग्रेस दैलेखका पूर्वसभापति पूर्वसांसद, पूर्वमन्त्री खड्काको निधन भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनाएका छन्। 

उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तथा नाताले आफ्नो दाजु खड्काको निधनको दुःखद खबरले आफू स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। 

कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८ र २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ