Comments Add Comment

जिउँदा व्यक्तिलाई इँटा भट्टामा पोलेर हत्या गरेको अभियोग लागेका आलमलाई सफाइ

काठमाण्डौं। जिउँदा व्यक्तिलाई इँटा भट्टामा पोलेर हत्या गरेको अभियोग झेलिरहेका  नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगन्जले सफाई दिएको छ।

 बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो। उनी हाल  नख्खु कारागारमा छन्। फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन्।

यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ