Comments Add Comment

युवा संघ अध्यक्षमा फेरि क्षितिज 

काठमाण्डौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्धन्द्धी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ