Comments Add Comment

बाबुरामका 'प्यारा' गंगानारायण अब प्रचण्डसँग


काठमाण्डौं। लामो समय डा बाबुराम भट्टराईसँग निकट भएर काम गरेका नेपाल समाजवादी पार्टी (नेसपा)का नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्र फर्किएका छन्। बाबुरामसँगै माओवादी छाडेपनि उनी विभिन्न आरोहअवरोहपछि फेरि फर्किएका छन्। बाबुरामकै निकट भएर बाहिरिएका उनी फर्किदा भने एक्लै फर्किएका छन्। यसको अर्थ, उनीसँग अहिले बाबुराम छैनन्। उनले दुई वर्षअघि नै बाबुरामलाई पनि ब्रेकअप दिए। माओवादीले उनलाई केन्द्रीय सचिव बनाउँदै भित्र्याएको छ। 

 लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए। उनले राजनीतिको हरेक मोडमा डा। बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए ।
भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिन श्रेष्ठ माओवादी केन्द्रबाट बाहिरिएका थिए।

२०७९ निर्वाचनअघि नै माओवादीसँग एकताका लागि श्रेष्ठले निकै मेहनत गरेका थिए । उनको निरन्तर पहलकदमीका कारण भट्टराई माओवादीसँग एकता गरी नेकपा (समाजवादी) पार्टी बनाउन सहमत भएका थिए । एकताका लागि नेसपाले श्रेष्ठकै संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

९ बुँदे सैद्धान्तिक र वैचारिक एकताको आधारपत्र पठाइसकेको अवस्थामा एकताबाट भट्टराई पछि हटेपछि श्रेष्ठले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिए ।

२०८० साल चैत ३ गते भट्टराईलाई बाइपास गरी नेसपाले माओवादीसँग एकता गर्ने तीन बुँदे सहमति गरेको थियो । यादवले पार्टी एकता प्रक्रियालाई १४ महिनासम्म अल्झाएपछि जेठ ११ गते श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरी माओवादीसँग एकता गर्ने निर्णय गरेका हुन् ।

एकता घोषणअघि माओवादीको बिहान बसेको पदाधिकारी बैठकले नेसपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ