Comments Add Comment

नवराज विकसहित ६ को हत्या भएको दिनको सम्झनामा जातीय हिंसाविरुद्ध प्रदर्शन

काठमाण्डौ । दलितका लागि दलित अभियान नेपालले शनिबार जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिनको स्मृतिमा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।

उनीहरुले विभिन्न प्लेकार्ड बोकेर र टाउकोमा नव सेना लेखेको कपडा बाधेर प्रदर्शन गरेका थिए ।
२०७७ जेठ १० मा रुकुमको सोतीमा नवराजसहित टीकाराम नेपाली, गणेश बुढा, लोकेन्द्र सुनार,सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो ।

घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ