Comments Add Comment

किन लाग्दैछ 'राजा आऊ देश बचाऊ'को पुरानो नारा !

काठमाण्डौ । कसैका कारण नभई सरकारमा रहेकाहरू र दलका नेतृत्वकर्ताको कार्यशैलीका कारण वर्तमान व्यवस्थामाथि खतरा रहेको 'लोकतन्त्र बचाउँ' कार्यक्रमका वक्ताहरूले बताएका छन् । कार्यक्रमका बक्ताले नेताहरू नसुध्रिएमा व्यवस्था नरहन सक्ने पनि बताए ।

वक्ताहरुले रानीतिक दलहरुले सत्तामा मात्र ध्यान दिएकै कारण दिन प्रतिदिन संकट माथि संकट थपिँदै गएको पनि बताए ।

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय बौद्धिक केन्द्र ललितपुरले आयोजना गरेको लोकतन्त्र बचाऔँ विषयक बिचार गोष्ठीमा सहभागी वक्ताहरूले अहिले सडकमा लागेको राजा आऊ देश बचाउको नारा राजा ल्याउनका लागि नभएको बताए । त्यो नारा दलका नेताहरू र सरकारमा रहेका मन्त्रीहरूको अर्कमन्यताका कारण लागेको र त्यो 'राजा आऊ' भनेको 'तिमीहरू जाऊ' भनेको हो भन्ने तर्क गरे । वक्ताहरूले दलहरूले एकै ठाउँमा बसेर  छलफल गरी नागरिकको आक्रोश र चाहनाको सम्बोधन गर्नु पर्ने र लोकतन्त्रमा कसैलाई निषेध गर्न नहुने बताए । 

केन्द्रका अध्यक्ष पवनलाल श्रीवास्तवको अध्यक्षमा भएको बिचार गोष्ठीमा पूर्व मन्त्री  एवम् प्रतिनिधिसभा सदस्य ओमकार प्रसाद श्रेष्ठ, पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी प्रतिनिधिसभा सदस्य प्रेम महर्जन, प्रतिनिधिसभा सदस्य रेखा यादव मुख्य वक्ता थिए ।

उनीहरूले आफ्नो दलको नेतृत्वको कार्यशैली चित्त नबुझेको तर दलीय अनुशासनका कारण धेरै बोल्न नमिले पनि यस प्रकारका फोरमहरू मार्फत भने अब  बोल्नै पर्ने दिन आएको बताए ।

पूर्व मन्त्री श्रेष्ठले वर्तमान संविधान नेपाली जनताले नबनाएको भन्दै यसका कतिपय प्रावधानहरू परिवर्तन गर्नै पर्ने खाँचो औल्याउदै यसका लागि लागि खुला दिमाग सहित गोलमेच सम्मेलन गर्न ढिला गर्न नहुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ