काठमाण्डौं। भिजिट भिसा प्रकरणमा विवादमा तानिएका गृहमन्त्री रमेश लेखक हालसम्म मौन छन्। उनको सचिवालयमार्फत भिजिट भिसामा रकम असुल गर्ने गरेको भन्दै उनीमाथि प्रश्न उठेको छ। लेखकमाथि राजीनामाको दबाब छ। नेपाली कांग्रेसबाट मन्त्री बनेका उनीमाथि अहिले पार्टीभित्रै पनि प्रश्न उठेको हो। उनले हालसम्म पनि मौन छन्। यसअघि उनी सालिन नेताका रुपमा चिनिन्थे। यसअघि उनी नैतिकता देखाउँदै अन्य नेतालाई प्रश्न उठाउथे।
गृहमन्त्री लेखकले गत चैत ६ गते बसेको प्रतिनिधिसभा बैठकमा तत्कालीन गृहमन्त्री लामिछानेतर्फ ईंगित गर्दै यसो भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’
उनले पूर्व अर्थमन्त्री डा. रामशरण महत, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पूर्व अर्थमन्त्री जनार्दन शर्माको नामै लिएर संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष लामिछानेलाई नैतिकता सिकाएका थिए।
अहिले भन्छन् ; केही दिनमै बोल्छु
शनिबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका उनले दुईरचार दिनपछि आफूँ पनि बोल्ने बताए।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ,’ कार्यकर्ताले यसबारे सोधेको प्रश्नको जवाफ दिँदै लेखकले भने, ‘दुईरतीन दिन यो कहाँबाट, कसरी, किन भइरहेछ भनेर खोजीराखे थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु।’
उनले थपे, ‘आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’ गृहमन्त्री लेखकले पार्टीका सार्थीहरूको मन सानो हुने र टाउको निहुरिने काम आफूले कुनै पनि हातमा नगर्ने समेत जिकिर गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो।
गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्नेमा दवाव बढाएका छन्।
