Comments Add Comment

नारायणघाट-बुटबलको ९४ किलोमिटर सडक कालोपत्रे, भौतिक प्रगति ६६ प्रतिशत

नवलपुर । नारायणघाट–बुटबल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । ११३ किलोमिटर सकडमध्ये ९३ किलो मिटर कालोपत्रे सडक भएर यात्रा गर्न सकिने आयोजनाले बताएको छ ।

कालोपत्रे गरिएकोमध्ये ३.०७ किलोमिटर क्षेत्र पुलले ओगटेको छ भने ११०.४६ किलोमिटर सडक रहेको छ । पुल बाहेक ९०.८७ किलोमिटर सडकको भाग रहेको छ । यसरी कुल ११३.३५ किलोमिटरमध्ये हाल ९३.९४ किलोमिटर अर्थात कुल लम्बाईको झण्डै ८३ प्रतिशत भाग पक्की सडक भएर यात्रा गर्न सकिने आयोजनाले जनाएको छ ।

कालोपत्रे गर्ने कार्य बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले बताए । दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र यो कार्य अन्तिम चरणमा पुगेको आयोजनाले दावी छ । साथै सडक ढलान गर्ने काम पनि समानान्तर रुपमा जारी रहेको छ । हालसम्मको भौतिक प्रगति ६६.५० प्रतिशतको हाराहारीमा रहेको आयोजनाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

दाउन्नेको झण्डै १४ किलोमिटर कालोपत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निक्कै कष्टकर रहेको यात्रुहरुको भनाइ छ । दाउन्ने बाहेक दुम्कीवास र चोरमारा पुल तथा बजार खण्डमा कालोपत्रे हुन सकेको छैन ।

तेस्रो समय अन्तिम पटक भन्दै थपिएको म्याद सकिन दुई महिना मात्र बाँकी हुँदा आयोजनाले प्रगती विवरण सार्वजनिक गरेको हो । अन्तिम पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ