Comments Add Comment

प्रभु बैंक, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केवलकारबीच सम्झौता

काठमाडौ । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारी भएको छ । सोमबार सम्पन्न सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले यी संस्थाहरूबाट विशेष छुट एवम् सेवा प्राप्त गर्नेछन् ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट, आवास सेवामा १० प्रतिशत छुट, केबलकार यात्रा निःशुल्क (विशेष सर्तसहित) सुविधा प्राप्त गर्ने छन् ।

समझदारीले दुई संस्थाबीचको औपचारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यसले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई गुणस्तरीय सेवा र विशेष जीवनशैली एवम् नवीन अनुभव प्रदान गर्ने लक्ष्यमा साथ दिने विश्वास राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ