Comments Add Comment

प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिँदैछन् सांसदको प्रश्नको जवाफ

काठमाण्डौं। प्रतिनिधिसभाको बैठकमा आज सांसदहरूले राखेको प्रश्नको जबाफ दिने कार्यसूची छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्। 

उनका अनुसार आज भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ