Comments Add Comment

अफिमजस्तो देखिने एक किलो ६० ग्राम वस्तुसहित दुई पक्राउ

काठमाण्डौं। काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ करिब एक किलो ६० ग्रामसहित दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै, नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवाबाट करिब चार किलोग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ छन् । 

प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ