Comments Add Comment

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ गते आह्वान

काठमाण्डौं। गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २ बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २ बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ