Comments Add Comment

जसपा नेपालको काभ्रे जिल्ला अध्यक्षमा वीरुबहादुर

काठमाण्डौंं। जनता समाजवादी पार्टी (जसपा) नेपालको काभ्रेपलाञ्चोक जिल्ला समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । बनेपास्थित अरनिको फेमिली फुड क्याफेको सभा हलमा शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट वीरबहादुर तामाङको अध्यक्षतामा २४ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो ।

पार्टीका संघीय परिषद् सदस्य धनबहादुर तामाङ नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित जिल्ला कार्य समितिको पदाधिकारी तथा सदस्यहरूको नामावली घोषणा गरेको हो । समितिको उपाध्यक्षमा पल्देन तामाङ, सचिव ध्रुवबहादुर थापामगर उपसचिव विकास ब्लोन ९जङ्गे० र कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनकी प्रमुख वक्ता पार्टी केन्द्रीय सदस्य एवं काभ्रे जिल्लाकी अभियन्ता रजनी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ