Comments Add Comment

‘सकम्बरी’ले गरिन् विश्वाससित इन्गेजमेन्ट !

काठमाण्डौं। प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।

चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ ।

दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्। दुवै परिवारको सहमतिमा इन्गेजमेन्ट भएको बताइन्छ । टिकोटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ ।

कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ