काठमाण्डौं। नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाबीच अर्थशास्त्री डा। विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्। रिट दायर भए पनि दर्ता हुन भने बाँकी छ।
