काठमाण्डौं। धनुषाको मिथिला विहारी नगरपालिका ८ का नरेश महराको घरमा बिहेको खाजा खाँदा ४४ जना विरामी भएका छन्। उनको छोरीको बिहेमा खाजा खाने क्रममा जन्तीसहित उनीहरू विरामी भएको धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ राखिएको थियो। घटना भने आइतवार साँझको हो।
खाजा खाएपछि उनीहरूमा पेट दुख्ने, बान्ता आउने भएको थियो।
