काठमाण्डौं। नेकपा एमाले फाकफोकथुम गाउँ कमिटी आयोजना आज शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका आधारभुत तह र माध्यमिक तहको जम्मा ४२ वटा विद्यालयका, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, प्रध्यानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, पालिका अध्यक्ष, उपाध्यक्ष, सातै वटा वडा वडाध्यहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक लिला कोईराला, पालिका स्तरका पार्टीका प्रमुखहरु, पेशागत संगठनका प्रमुखहरुको उपस्थितीमा घुनीभुत छलफल कार्यक्रम भयो ।
कार्यक्रममा महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलामका पुर्व क्याम्पस प्रमुख तथा वरिष्ठ अधिवक्ता जसबहादुर लुङगेली सामुदायिक विद्यालय शिक्षा लाई प्रभावकारी बनाउने उपायहरु बारे ६ पेजको कार्यपत्र प्रस्तुत गरेका थिए। पालिका अध्यक्ष दीपेन्द्र खनाल कार्यक्रममा वक्ता थिए। उनले गएको ३ वर्षमा शिक्षा सुधारका लागि गरिएको कामको बारेमा जानकारी गराएका थिए। ४ घण्टा लामो अन्तरक्रिया कार्यक्रम कार्यपत्र माथि आएका टिप्पणी र सुझावहरु टिपोर्ट गर्ने टिपोर्टकर्ताहरु खेमराना मगर, अर्जुन थापा गोदार, केदार अधिकारी र राम पौडेल सरहरुले गरेका थिए।
अनर्तरक्रिया कार्यक्रम सुझाव, जिज्ञासा राख्ने क्रममा, नेपाल शिक्षक संघका, पालिका अध्यक्ष, खगेन्द्र भट्टराई ,नेपाल शिक्षक संगठन पालिका अध्यक्ष भीम चम्लागाई, धार्नेखोप आवि विद्यालयको विवयश अध्यक्ष चन्द्र प्रकाश बोहोरा, सिंहदेवी मावि आमचोकमा प्रध्यानाध्यापक मोतिखर पाख्रेल, सिंहदेवी मावि शिकारी भञ्ज्याङको प्रअ डिक बहादुर राई, दृष्टि विहिन खगेन्द्र खनाल, दलित समन्वय समिति पालिका अध्यक्ष हेम कर्ण नेपाली, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमराज लिम्बुले प्रस्तुत कार्य पत्रमा माथि सुझाव, टिप्पणी राखेका थिए।
नयाँ शैलीमा गरिएको कार्यक्रममा कार्यक्रम औचित्यमाथि प्रकाश पार्दै सहभागी लाई स्वागत सहित कार्यक्रमको अध्यक्षता नेकपा एमाले फाकफोकथुम गाउँ कमिटी अध्यक्षले गरेका थिए । कार्यक्रमको सञ्चालन, नेकपा एमाले फाकफोकथुम गाउँकमिटीको सचिव ओम खनालले गरेका थिए।
